logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खेटाङमा खुकुरी प्रहार गरी बाबुको हत्या


अंकुरण खबर
845
Shares

खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् ।

आइतबार बिहान पौने ५ बजे उनले आफ्नै ७२ वर्षीय बुबा चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

हत्या भएको केही समयमा सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।