logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ र गण्डकी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना


अंकुरण खबर
1.04K
Shares

देशका अधिकांश स्थानमा आज (सोमबार) बद्ली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

देशभर नै मनसुनी वायुको प्रभाव रहेको र त्यसैको प्रभावले मौसम बद्ली हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमडौं उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए ।

पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

बुधवार थप सक्रिय हुने प्रणालीका कारण बिहिवारदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।