नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय चाहियो भन्दै राजधानीमा प्रर्दशन गरेका छन् । कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
एक बर्षसम्म पनि एउटा घटनाको अपराधी पत्ता लगाउने नसक्ने सरकारले समृद्धिका सपना बाढ्नु भनेको बालुवामा पानी खन्याउनु झै हो भन्दै शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए ।
निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ ।