logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


अंकुरण खबर
1.976K
Shares

जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ।

देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलिअलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भूभागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए।

उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ। यी क्षेत्रमाबाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न र सबैलाइृ सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ।