logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिबाट उपत्यकामा के-के खुल्छन् ? (सूचनासहित)


अंकुरण खबर
897
Shares

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने र निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ।

बैठकले जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन दिने र उपभोग्य सामग्री र पाठ्यपुस्तकको पुसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको छ।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ। सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

बैठकको निर्णयअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ देखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ।

लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन।