दाङको तुलसीपुर कट्कुईयाँमा जुवाको खालबाट प्रहरीले पाँच जना जुवाडे पक्राउ गरेको छ ।
प्रहरीले एक लाख नगदसहित पाँच जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलुवाका केशव विक, समिशर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगी रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेको समयमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।