logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ


अंकुरण खबर
1.209K
Shares

महोत्तरीमा घुससहित एकजना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । भारतबाट ल्याइने घरेलु मालसामान सीमा नाकाबाट नेपाल भित्र्याइदिने भन्दै व्यापारीसँग १३ हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी पक्राउ परेका हुन् ।

चौधरीलाई बिहीबार दिउँसो दुई बजेतिर पक्राउ गरिएको हो । चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पक्राउ परेका चौधरी महोत्तरीको औरही नगरपालिका–४ मा रहेको अस्थायी प्रहरी पोस्ट कठुधारका इन्चार्ज हुन् । पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि बर्दीबासस्थित अख्तियारको कार्यालय ल्याइएको छ ।