logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

एमालेको दसौं महाधिवेशन आयोजक समिति भंग


अंकुरण खबर
962
Shares

नेकपा एमालेको विवादित दसौं महाधिवेशन आयोजक समिति भंग भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुनुअघिको केन्द्रीय समिति ब्युँतिएको घोषणा गरिएको छ ।

एमालेको पुरानै केन्द्रीय समितिको बैठक पर्सि शुक्रबारका लागि बोलाइएको छ। यस्तै, आजको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै अब माधव नेपालसहित ११ नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको छ । अफ्ठेरोमा रहेका बेला प्रधानमन्त्री ओलीले गरेको यो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ ।