logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार सुरु हुँदै, सहभागी हुने सदस्यको कोरोना परीक्षण


अंकुरण खबर
1.079K
Shares

राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पुरा भएको छ ।

राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि (बिहीबार) दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ति विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने संघीय संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुनेपनि उनले बताए ।

राष्ट्रियसभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टिजेन परीक्षण पनि गरिएको छ । संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयको कर्मचारीको पनि एन्टिजेन परीक्षण गरिएको छ ।