logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोटमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु


अंकुरण खबर
988
Shares

जाजरकोटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका-५ घाटबजारस्थित सडकमा को३७प ५०३७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा त्यसमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णा देवी शाहीको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचारको क्रममा मृत्यु भएको हो। चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।