logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा २७६० संक्रमित थपिदाँ ४,०१७ जना कोरोनामुक्त, ३३ जनाको मृत्यु


अंकुरण खबर
715
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज ७ हजार १३० र एन्टिजेन विधिबाट ३ हजार ८५५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो ।

योसँगै कूल संक्रमितको संख्या ६ लाख ४० हजार ६६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार १७ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख १४९ जना पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।