logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु


अंकुरण खबर
676
Shares

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

आज ३ हजार ४५१ संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ६ लाख ३६ हजार संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९ हजार १७९ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।