logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० घाइते


अंकुरण खबर
572
Shares

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी २ जनाको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रासद अधिकारीले बताए ।

उनका अनुसार, दुर्घटनामा थप १० जना घाइते भएको छ घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । मृतक र घाइतेको पहिचान भने खुल्न सकेको छैन ।

अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्दार गरिरहेको छ । घाइतेहरूलाई टिम अस्पताल डडेलधुरा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।