logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिमण्डल फेरबदल गर्ने कुरा प्रधानमन्त्रीको हातमा : प्रचण्ड


अंकुरण खबर
1.417K
Shares

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन् ।

धनगडीमा आयोजित पत्रकार सम्मेलनमा अहिले मिडियामा आए जसरी तत्काल मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको अध्यक्ष प्रचण्डले दावी गरे । उनले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ।’

सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । उनले केही गरे सरकार फेरबदल भए सुदूरपश्चिमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे ।