logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा हट्यो जोर विजोर प्रणाली : असार ३१ सम्म निषेधाज्ञा, के-के भए खुला ? (सूचनासहित)


अंकुरण खबर
1.339K
Shares

काठमाडौं उपत्यकामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

उपत्यकाका ३ वटै जिल्लाका सिडिओहरुको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीका साधनहरु खुकुलो पारिएको छ ।  सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ । अब माइक्रो र टेम्पो पनि सञ्चालन गर्न पाइने छ ।

आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सफा टेम्पो तथा निलो माइक्रो सञ्चालन गर्न पाइने भएको छ ।