logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज बहस सकिँदै


अंकुरण खबर
728
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज बहस सकिन लागेको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट कानून व्यवसायीले बहस गरेका थिए । त्यससँगै निवेदक कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट कानून व्यवसायीले जवाफी बहस गरेका थिए ।

अब बहसका लागि चार घण्टा समय मात्रै बाँकी छ । जसमा दुई घण्टा निवेदक तर्फकै कानून व्यवसायीले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने भएका छन् ।

त्यसपछि अदालतका सहयोगी (एमिकस क्युरी) ले दुई घण्टा बहस गर्नेछन् । उनीहरू बहस पनि आजै सकिने अदालत स्रोतले जनाएको छ ।

सबैको बहस सकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश सुनाउनेछ । त्यसका लागि संवैधानिक इजलासले एक–दुई दिन समय लिनेसक्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उनले कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।

त्यसका विरुद्ध देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनीहरूले प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशमा माग गरेका छन् ।