logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

अदालतको गाडीमा आगजनी


अंकुरण खबर
3.965K
Shares

कावासोती जिल्ला अदालत नवलपुरको गाडीमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नंको गाडीमा आगजनी भएको हो ।

आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका सस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आएका थिए । सस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । राति घरमा पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो ।

आगजनीबाट गाडीको इञ्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति पुगेको छ । आगो कसले लगाएको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।