शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले रोकिएका सेवा पुनः विस्तार गरेको छ ।
कोभिड-१९ का कारण स्थगित रहेको विस्तारित स्वास्थ्य सेवा (इएचएस) आइतबारेखि पुनः सुरु गरेको हो ।
अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार आइतबार, मंगलबार र बिहीबार पोस्ट कोभिड सम्बन्धी सेवा सञ्चालन हुनेछन् भने आइतबारदेखि शुक्ररबारसम्म सामान्य चिकित्सा सम्बन्धी सेवा लिन सकिनेछ ।
यस्तै, आइतबार, मंगलबार र बिहीबार छाला रोग सम्बन्धी सेवा, सोमबार र बुधबार बाल रोग सेवा र शुक्रबार हाडजोर्नी सम्बन्धी सेवा लिन सकिनेछन् ।
बिरामीको सहजता र सेवा विस्तारका लागि इएचएस सेवा सुरु गरिएको उनले बताए। अस्पतालले विस्तारै पुराना सेवाहरु सञ्चालन गरी थप विस्तार गर्ने जनाएको छ । दिउँसो साढे २ देखि साढे ४ बजेसम्म ओपिडी शाखा अन्तर्गत उक्त सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।