logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बीपी प्रतिष्ठानका सबै पदाधिकारीको कार्यकक्षमा ताला, माग पूरा नभए बालुवाटार घेर्ने चेतावनी


अंकुरण खबर
2.431K
Shares

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रतिष्ठनका सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

विभिन्न माग राखेर करिब एक महिनादेखि आन्दोलनरत पक्षले आज सोमबार पदाधिकारीको कार्यकक्षमा ताला लगएको हो ।

भ्रष्टाचार एवं अनियमितताको दलदलमा फसेको र तथ्यहरुले क्षयीकरण उन्मुख संस्थालाई त्यसको शाख र प्रतिष्ठा पुनः स्थापित गर्दै शुद्धीकरण गर्ने अभिप्रायले आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ । कुलपति एवम् प्रधानमन्त्रीसमेतलाई जानकारी गराउँदा पनि समाधानका लागि पहल नभएको आन्दोलनकारीको गुनासो छ ।

यस्तो गम्भीर विषयमा आजसम्म देखिएका सुस्तता पुनः प्रदर्शन गरिएमा र आफ्ना मागहरूको यथोचित सम्बोधन नगरिएमा सम्पूर्ण फ्याकल्टीहरु, कर्मचारीहरु, आवासीय चिकित्सकहरु, विद्यार्थीहरु सामूहिक राजीनामा दिई प्रधानमन्त्री कार्यालय घेर्न काठमाडौं उपस्थित हुने जानकारी आन्दोलनरत पक्षले दिएको छ ।

बीपी प्रतिष्ठान बचाउन भन्दै उनीहरुले आजदेखि हरेक साँझ ४ बजे काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन् ।