logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिले संविधान र कानुनभन्दा बाहिर गई काम गरे उन्मुक्ति पाउने अवस्था रहँदैन : वरिष्ठ अधिवक्ता हरिहर दाहाल


अंकुरण खबर
3.653K
Shares

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक शेरबहादुर देउवा पक्षका कानुन व्ययसायीले राष्ट्रपतिलाई संविधान बाहिर गएर काम गर्ने छुट नहुने टिप्पणी गरेका छन् ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा देउवा पक्षका वकिल हरिहर दाहालले जवाफी बहस गर्दै सविधानमा नलेखिएका विषयमा काम भएमा अहिले विद्यादेवि भण्डारीको हकमा मात्रै होइन जुन सुकै राष्ट्रपति भए पनि छुट नहुने बताएका हुन् ।

‘संविधान र कानुनभन्दा बाहिर गएर गरिएका काममा राष्ट्रपतिले उन्मुक्ति पाउन सक्ने अवस्था नै रहँदैन । संविधानमा नलेखिएका विषयमा काम भएमा अहिले विद्यादेवी भण्डारीको हकमा मात्रै होइन, जुनसुकै राष्ट्रपति भए पनि उन्मुक्ति पाउनु हुँदैन,’  जवाफी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने ।

उनले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने १४६ जनाकै हस्ताक्षर जरुरी नभएकाले ५ जनाको नेताहरूको मात्र हस्ताक्षर भएको दाबी गरेका थिए । ‘१४७ जनाले त त्यहाँ सनाखत नै गरेको अवस्था छ नि,’ उनले भने। देउवासहित १४७ जनाले सर्वोच्च अदालतमा पुगी रिट निवेदन दर्ता गराएका थिए ।

‘शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतको मात्रा यो रिट निवेदन होइन । जो-जो आए, हस्ताक्षर गरे। नआएकाले पनि वारेसनामामार्फत् हस्ताक्षर गरेका छन्,’ उनको भनाइ थियो ।