नेपाली बजारमा हिजो आइतबार २०० ले बढेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।
आइतबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ ।