logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धाको सुनुवाई सकियो, २८ गते फैसला


अंकुरण खबर
1.989K
Shares

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा  आज (सोमबार) सबै  बहस सकिएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध मुद्दामा सर्वोच्च अदालतले असार २८ गते फैसला गर्ने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सोमबार सकिए पनि फैसला भने २८ गते मात्र हुने भएको हो ।

रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो । रिट निवेदक पक्ष र विपक्षले १५/१५ घण्टा बहस गरेका छन् ।

सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए ।

यस्तै, पक्ष विपक्षको बहस सकिएर सोमबार नै संवैधानिक इजलासले एमिकस क्युरीको राय समेत आइसकेको छ । संसद विघटन मुद्दामा एमिकस क्युरीका चार जनाले धारणा राखेका हुन् । उनीहरुका लागि दुई घन्टा समय छुट्याइएको थियो ।

अब २८ गते यो मुद्धाबारे सर्वोच्चले अन्तिम फैसला सुनाउने छ ।