पछिल्लो २४ घण्टामा २६२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
देशका विभिन्न स्थानमा गरिएको ७४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १७४५ र ४२८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थप २२११ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ ।