logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोस्टमार्टमका लागि काठमाडौं ल्याइयो सुजिता भण्डारीको शव


अंकुरण खबर
3.588K
Shares

चितवन राप्ती नगरपालिका ३ की सुजिता भण्डारीको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

असार ११ देखि बेपत्ता भएकी सुजिता ९ दिनपछि जंगलमा मृत भेटिएकी थिइन्। उनको शव सडेको अवस्थामा फेला परेको थियो ।

शव सोमबार राति पठाइएको र आज बिहान काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म केही नखुलेको जनाएको छ ।