logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि सबै सवारी साधन सञ्चालनको अनुमति, जोरबिजोर प्रणाली हट्यो


अंकुरण खबर
858
Shares

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म थपिएको छ ।

तर आजदेखि निषेधाज्ञा थप खुकुलो समेत बनाइएको छ। आजबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ ।

यस्तै सवारीसाधानमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ भने सबै किसिमका सवारी सञ्चालन गर्न दिइएको छ । स्थानीय प्रशासनको अनुमति लिएर विशेष कामका लागि बाहिरका गाडीसमेत उपत्यका भित्रिन पाउने छन् ।

गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।