logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ५.२४ अंकले घट्यो


अंकुरण खबर
793
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका चार समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।