logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन


अंकुरण खबर
2.275K
Shares

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो ।

यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ।

पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। आज बिहान ५:३० बजेदेखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिराले सयौं सवारी साधन रोकिएका छन ।