निकै विवादित बनेको जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ ।
बुधबार बसेको आयोगका पदाधिकारीहरुको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गर्दै आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ ।
जसपाको विवाद मिलाउँन आयोगले दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भए पछि आयोगले सुनुवाइ प्रक्रिया अगाडी बढाएको हो ।
यस अघि उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।