logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाको विवाद समाधान गर्न निर्वाचन आयोगद्वारा इजलास गठन, साउन ३ मा सुनुवाइ


अंकुरण खबर
663
Shares

जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ ।

बुधबार जसपाका नेताहरु र आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा बसेको बैठकले इजलास गठन गरेको हो ।

पाँच सदस्यीय इजलासले सुनुवाइका लागि आगामी ३ साउन गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे बैठक बोलाएको छ । बैठकमा जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ। कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलेले पनि आफ्नो पक्षलाई आधिकारिता दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । ऐनअनुसार दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको आयोगले जनाएको छ ।