logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज थपिए २९७९ जना कोरोना संक्रमित, २८ जनाको मृत्यु


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घण्टामा २हजार ९ सय ७९ जनामा कोरोना संक्रमित थपिएका छन् । त्यस्तै सोही अवधिमा २८ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जना र ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेका शहरी भेगममा संक्रमण बढी भएको देखिन्छ । आज काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना गरि काठमाडौं उपत्यकाका जम्मा ५४३ जना संक्रमित भएका छन् । त्यस्तै मोरोङ, कास्की, चितवन, मकवानपुर, झापा, सुनसरी लगाएतमा शहरमा पनि संक्रिय संक्रमितको संख्या बढि रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.४९ प्रतिशत संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोनासंग मिल्दा जुल्दा लक्षण देखिए सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण गर्ने व्यवस्था भएकाले यदि कसैलाई लक्षण देखिए परीक्षण गरि आफु बच्न र अरुलाई बचाउँन पनि आग्रह गरेको छ ।