logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकसेवा आयोगले रद्द गर्‍यो राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा


अंकुरण खबर
1.664K
Shares

लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ।

बिहीबार सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशपछि असार २१ मा बसेको आयोगको बैठकले बैंकको आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको जनाएको हो।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ  काठमाडौंका अध्यक्ष हेमराज सुवेदीले  कर्मचारी पदपूर्तिमा  प्रक्रिया नमिलेको भन्दै सर्वोच्चमा दिएको रिटमा सर्वोच्चले आदेश जारी गर्दै परीक्षा रद्द गर्न आदेश दिएको थियो।

No description available.