logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्षाले घर भत्किँदा तीनमहिने बालिकाको मृत्यु


अंकुरण खबर
1.079K
Shares

दाङको घोराहीमा वर्षका कारण घर भत्किँदा तीन महिनाकी बालिकाको  मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका-१७ क्वाडीस्थित आशाराम चौधरीको घरका दुईवटा कोठा र गोठ भत्किँदा उनकै तीन महिनाकी छोरी बिन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै उनकै श्रीमती ३० वर्षीया मनिसा चौधरी र छोरी नौ वर्षीया बाटुली चौधरी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही पठाएको छ।

प्रहरीले आवश्यक उद्धार कार्य समेत गरिरहेको जनाइएको छ।