logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


अंकुरण खबर
936
Shares

काठमाडौं – नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार छापावाल सुन तोलामा ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार, बिहीबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार  भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।