उदयपुर ताप्ली गाउपालिका ५ डुढे स्थित सडक खण्डमावोलेरो गाडीले किच्दा एक जनाको मृत्यु भएको छ ।
कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २–०१–००–१ च–००५० नम्वरको बोलेरो गाडीले किचेर सोही गाडीमा सवार रहेका सोही स्थानीय २५ बर्षीय रमेश नेपालीको मृत्यु भएको हो ।
आज बिहान २ बजे सो स्थामा उकालो चढ्न नसकी गाडी चिप्लिएर ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किच्दा गम्भिर घाईते भएका थिए ।
घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पु¥याउदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।
गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक स्थानीय ३० बर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजतालस भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।