logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७२ घण्टा भित्र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने


अंकुरण खबर
741
Shares

सरकारले ७२ घण्टा भित्र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले पेट्रोल ट्यांकर र पम्प बन्द गर्ने भएका छन् ।

गठबन्धनका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषण गरेका हुन् ।

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै नेपाल आयल निगममा ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउने सन्दर्भमा नेपाल आयल निगमका महाप्रबन्धकले भेट समेत नदिइ विद्यार्थी आन्दोलनलाई अपमान गरेको उनीहरूको गुनासो छ ।