काठमाडौं – गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई प्रहरी महानगरीय अपराध महाशाखाले स्वयम्भूबाट पक्राउ गरेको छ । बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरिएको हो ।
बाघे जेबिएस डिपोका सञ्चालक हुन् । यसअघि पनि बाघे विभिन्न अपराधमा पक्राउ पर्दै छुट्दै आएका थिए । बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई महाशाखा शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा छ ।