logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै सुरु भएन एमाले कार्यदल बैठक, नेपाल पक्ष आउनै बाँकी


अंकुरण खबर
741
Shares

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अझै सुरु हुन सकेको छैन।

बिहान ८ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्ने भनिएको कार्यदलको बैठक अहिलेसम्म सुरु भएको छैन।

बैठक स्थलमा एमालेको ओली पक्ष निर्धारित समयमा नै आइपुगे पनि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरु अहिलेसम्म वार्तास्थलमा पुगिसकेका छैनन्।

दुवै पक्षका नेताहरुले आज सुखद समाचार दिने बताइएको छ ।