logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्मती प्रदेश सभा बैठक सञ्चालन गर्ने सहमित


अंकुरण खबर
1.365K
Shares

बाग्मती प्रदेशको बैठक सञ्चालन गर्ने सहमति भएको छ।

आजको बैठक चल्ने दिने सरकार र प्रतिपक्षी दलबीच सहमति भएको हो। मुख्यमन्त्री डोरमणि पौडेलले संसदलाई विशेष सम्बोधन गर्ने भएपछि बैठक चल्न दिने सहमति भएको जनाइएको छ।

आज बिहान ११ः३० बजे प्रदेश सभा बैठक बोलाइएको छ। विपक्षी दलका मागबारे मुख्यमन्त्री पौडेलले संसदमै सम्बोधन गर्ने भएका छन्।

यसअघि पटकपटक प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको थियो। विपक्षी दलले प्रदेश सभा बैठकमा विरोध जनाउँदै आएका थिए। जसले गर्दा बजेटमाथि छलफल हुन सकेको थिएन।