logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

स्याङ्जा र गोरखाका ५ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि


अंकुरण खबर
1.092K
Shares

स्याङ्जा र गोरखाका पाँच जना मानिसमा कोरोना भाइरसको भनाँ भेरियन्ट (Delta (B.1.617.2) ) पुष्टि भएको छ ।

स्याङ्जाका दुई जना र गोरखाका तीन जना गरी पाँच जनामा नयाँ भेरियन्टको कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि वैशाख ३१ गते प्रयोगशाला काठमाडौं पठाइएका पाँच जनामा कोरोना पुष्टि भएको हो ।

यो भेरियन्टको संक्रमण दर पहिलेका भेरियन्टको भन्दा उच्च भएकाले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सतर्क रहन आग्रह समेत गरेको छ ।