logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनकामना स्मार्ट लघुवित्तको शेयर आज बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


अंकुरण खबर
806
Shares

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज सोमवार बाँडफाँड भएको छ ।

यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा अहिले बिहान ९:३० बजे बाँडफाँड सम्पन्न भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ ग्रोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका छन् । जसमध्ये २ जना भाग्यमानीले ११ कित्ता शेयर हात पारेका छन् । बाँकी करिब २० लाख आवेदकको भने हात खाली भएको छ ।

कम्पनीको आइपीओमा ७३ गुणा अर्थात २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको थियो । यस संस्थाले ३ लाख ८९ हजार कित्ता सर्वसाधारणका लागि शेयर निष्काशनमा ल्याएको थियो ।

नतिजा हेर्न तलको लिंक क्लिक गर्नुहोस् :

https://iporesult.cdsc.com.np/

https://meroshare.cdsc.com.np/