नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदातलतको फैसलाले संविधान र संसदको रक्षा गरेको बताएका छन् ।
फैसलापछि सञ्चारकर्मीसँग बोल्दै नेता नेपालले अदालतको फैसलाले महत्वपूर्ण सन्देश दिएको बताए । फैसलाले नेपालको संविधानमा रहेका कतिपय व्याख्या गर्नुपर्ने कुरामा स्पष्टता ल्याइदिएको उनको भनाइ छ ।
अदालतको फैसलाले प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन् र राज्यका अन्य निकाय पनि संविधानको दायरामा बस्नुपर्छ भन्ने अर्थ दिएको नेता नेपालले बताए ।
संविधान र संसदको रक्षा गरेर सर्वोच्च अदालतको भूमिका र मर्यादालाई समेत माथि उठाएको वरिष्ठ नेता नेपालको भनाइ छ ।