पाल्पामा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । बेगनाशकाली गाउँपालिका-१ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको हो ।
उनी तानसेन नगरपालिका-४ विशालबजारका रोहित कुमार रामदामको नयाँ घर बनाउँदै गर्ने क्रममा शुक्रबार दिउँसो पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पिलरको जगमा गाह्रो लगाउँदै गर्दा एक्कासी माथिबाट माटोको ढिस्को झर्दा उनी पुरिएका हुन् । कुमालको नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरेका थिए।
घाइते कुमाललाई उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।