पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
११ हजार पाँच सय ८४ जनामा गरिएको परीक्षणमा दुई हजार तीन सय ७० जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार छ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा एक हजार छ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने तीन हजार आठ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ८० जनामा पुष्टि भएको छ।
आज देशभर ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या नौ हजार चार सय पुगेको मन्त्रालयले जनाएको छ ।