logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा बस्दै


अंकुरण खबर
1.274K
Shares

सर्वोच्च अदालतको फैसलापछि विपक्षी गठबन्धनको बैठक अहिले बस्दैछ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थिति र अबको सरकार गठन लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको सहभागीता रहने बताइएको छ । गठबन्धन अघि नेपाल निवासमै नेपाल र माओवादी अध्यक्ष दाहालबीच संवाद भएको छ ।

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाइएको समयमै गठबन्धनको बैठक बस्ने तय भएको हो । नेपाल पक्षले आजको स्थायी कमिटी बैठकमा नजाने यसअघि नै प्रष्ट पारिसकेको छ ।