प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
ओलीले आजै अपरान्ह १ बजे एमाले स्थायी कमिटी बैठक पनि बोलाएका छन् ।
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ । त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गरेर बालुवाटार छोड्ने तयारी गरेका हुन् ।