नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबारबाट बाहिरिएका छन् ।
मंगलबार दिउँसो २ बजेपछि करिब एक घण्टा देशबासीको नाममा सम्बोन गरेपछि ओली सिंहदरबारबाट बाहिरिएका हुन् ।
गत जेठ ८ गते ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरेपछि ओली पदमुक्त भएका हुन् । पदमुक्त भएसँगै ओलीले आज देशबासीका नाममा सम्बोधन गरेर सिंहदरबार छोडेका छन् ।
ओलीले सम्बोधनमा आफूले सर्वोच्चको फैसला स्वीकार गरेको बताए । उनले जनताले आफूलाई जनादेश दिएको भएपनि अदालतले देउवालाई परमादेश दिएको आरोप समेत लगाए । उनले आफूलाई डेड वर्षपछि सिंहदरबार भित्रन कसैले नरोक्ने बताउँदै बिदा लिएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भइसकेका देउवाले आजै साँझ ६ बजे सपथ ग्रहण गर्दै छन् ।