logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीमा देउवा नियुक्त, ६ बजे सपथ


अंकुरण खबर
1.443K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेकी छन्।

मंगलबार राष्ट्रपति कार्यालयले पत्र सार्वजनिक गर्दै सर्वोच्च अदालत, संवैधानिक इजलासको सोमबारको फैसला अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सोमबार सर्वोच्च अदालतले आज ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

देउवाले आजै साँझ ६ बजे शीतल निवासमा शपथ लिने छन्।