राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा सपथ लिन अस्वीकार गरेपछि राष्ट्रपतिले नियुक्ति सच्याएकी छन्।
देउवाको अडानपछि राष्ट्रपतिले संविधानको धारा उल्लेख गरी देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिएकी हुन्। यसपछि देउवाले शपथ लिएका छन्।
संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीमार्फत् राष्ट्रपतिको कार्यालयमा नियुक्तिमा धारा उल्लेख गर्न दबाब दिएका थिए।
राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवादित बनेको थियो।
प्रधानमन्त्रीका रूपमा देउवाको यो पाचौँ पटक हो।