नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त प्रधानमन्त्री एव्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज (बुधबार) भेटेरै बधाई दिएका छन्।
प्रधानमन्त्री देउवालाई बधाई दिन बूढानीलकण्ठस्थित उनकै निवासमा राजदूत क्वात्रा पुगेका हुन् । नेपालस्थित भारतीय दूतावासले देउवालाई बधाई दिएको बारे जानकारी दिएको छ।
भारतीय दूतावासले ट्विट गर्दै दूतावासले नेपाल र भारत बिचको साझेदारी र जनता जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ।
प्रधानमन्त्री देउवालाई मंगलबार राति नै अमेरिकी राजदूत र्यान्डी बेरीले शुभकामना दिएका थिए।