पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २५६ पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षणबाट ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज थप १ हजार ७५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हाल देशभर २६ हजार ६३९ जना सक्रिय संक्रमित छन् ।
यस्तै, विगत २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको छ ।